नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतनले विद्यालयहरुले नयाँ विद्यार्थी भर्ना शैक्षिक सत्र सुरु भएपछि मात्र सञ्चालन गर्नुपर्ने अन्तरिम आदेश जारी गरेको छ । वार्षिक परीक्षा नतिजा प्रकाशित नभएको र नयाँ सत्र सुरु नभएको अवस्थामा भर्ना सूचनाहरु प्रवाह नगर्न अदालतले स्पष्ट निर्देशन दिएको छ ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शिक्षा नियमावली,२०५९ अनुसार भर्ना प्रक्रिया केवल नयाँ सत्र सुरुभएपछि सञ्चालन गनुपर्ने आदेश दिएको हो । नेपालमा नयाँ शैक्षिक सत्र हरेक वर्ष वैशाख २ गतेदेखि सुरु हुन्छ ।
सरकार,शिक्षा मन्त्रालय र शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले चैत ५ गते जारी सूचनामा वार्षिक परीक्षा नतिजा प्रकाशनपछि मात्रै भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेको तर केही विद्यालयहरुले यो निर्देशन विपरित सूचना प्रकाशन गरेका थिए ।
यसविरुद्ध आयुष बडालले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा सरिष्ट अधिवक्ता अमर थापा र अन्य अधिवक्ताहरुले बहस गरेका थिए । अदालतले सम्बन्धित निकायलाई कानुनअनुसार कार्य गर्न र विपक्षिलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


