Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, २२
राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

बैंकको मौद्रिक व्यवस्थापन विभागले ५६ दिन अवधिको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको हो, जसको अन्तिम समय आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम (OBSS) मार्फत तोकिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

बोलकबोलमार्फत निर्धारण हुने ब्याजदरका आधारमा रकम बाँडफाँड गरिनेछ, जहाँ न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोडको गुणकमा प्रस्ताव पेश गर्नुपर्नेछ। यस निक्षेपको साँवा र ब्याज २०८३ जेठ १७ गते भुक्तानी हुनेछ र प्रि-म्याचुअर भुक्तानीको व्यवस्था छैन। साथै, उक्त निक्षेप रकम अनिवार्य नगद मौज्दात (CRR) मा गणना नहुने भए पनि वैधानिक तरलता अनुपात (SLR) तरलता अनुपातमा भने गणना गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स