Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, ३०
घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामानय गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य घटेर प्रतितोला २ लाख ९६ हजार ७०० रुपैँया कायम भएको छ । अघिल्लो दिनको तुलनामा सुनमा ४०० रुपैँयाको कमी आएको हो ।

त्यस्तै गरी चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ४ हजार ९०० रुपैँयामा कारोबार भइरहेको छ भने जुन अघिल्लो मूल्यभन्दा ७५ रुपैँयाले कम हो ।

अन्तराष्ट्रिय बजारको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको भाउमा दैनिक परिवर्तन हुने गरेको छ । पछिल्ला दिनहरुमा मूल्यमा देखिएको यस्तो गिरावटले उपभोक्ता र व्यवसायी दुवैलाई केही राहत दिएको बताइन्छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स