अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?
काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित पोको एक्स-८ सिरिज अन्तर्गत दुई स्मार्टफोन पोको एक्स-८ प्रो ५ जि र एक्स-८ प्रो म्याक्स ५ जि सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार, पोको एक्स-८ प्रो ५ जि मा फ्ल्यागसिप डाइमेनसिटी ८५००-अल्ट्रा प्रोसेसर छ भने जसले उत्कृष्ट प्रदर्शनसँगै ब्याट्री पनि कम खपत गर्नुका साथैयसमा ६५०० एमएएच पावरको ठूलो ब्याट्री, १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध छ। त्यस्तै गरी ५० मेगापिक्सल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा भएकाले तस्विर खिच्दा वा भिडियो बनाउँदा उत्कृष्ट अनुभवको महसुस गर्न सकिने बताइएको छ।
डिस्प्लेमा ६.५९ इन्चको १.५के रेजोलुसनसहित १२० हर्ज अल्ट्रा-ब्राइट एमोलेड स्क्रिन भने जसमा उच्च ब्राइटनेस र डिमिङको फिचरसमेत उपलब्ध रहेको जनाइएको छ। यसबाहेक पोको एक्स-८ प्रो ५जि मा आइपी ६८ को रेटिङको सुविधा भएकाले पानी र धुलोबाट बचाउनुका साथै लामो समयसम्म टिकाउ राख्न मद्दत गर्ने कम्पनीको विश्वास छ ।
त्यस्तै पोको एक्स-८ प्रो म्या क्स ५जि मा फ्ल्यागसिप डाइमेनसिटी ९५००एस चिपसेट जडान गरिनुका साथ यसमा ८५०० एमएएच क्षमताको शक्तिशाली ब्याट्री, १०० वाट हाइपरचार्ज, २७ वाट रिभर्स चार्जिङको सुविधा भएकाले दुई दिनसम्म ब्याट्री टिक्न सक्ने कम्पनीको दाबी छ।
यस स्मार्टफोनमा ६.८३ इन्चको १.५ के १२० हर्ज अल्ट्रा-ब्राइट एमोल्ड डिस्प्ले रहेको छ भने ५० मेगापिक्सेल मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा-वाइड क्यामेरा र २० मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको कम्पनीले जनाएको छ। यसमा पनि आइपी ६८ डस्ट तथा वाटर रेसिस्टेन्सको सुविधासँगै स्प्ल्याश, ड्रप, बेन्ड र प्रेसरबाट थप सुरक्षा प्रदान गर्ने बताइएको छ।
टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले भने, “पोको एक्स-८ सिरिज केवल गेम खेल्नेका लागि मात्र होइन, यो उनीहरूका लागि डिजाइन गरिएको हो जसले हरेक कुरामा उत्कृष्टता खोज्ने गर्छन्। यसमा रहेका असाधारण फिचरहरू फ्ल्यागसिप स्तरको प्रोसेसिङ पावर, आकर्षक डिस्प्ले, टिकाउसहितको डिजाइन, क्रिएटिभिटी र विश्वसनीयतालाई सन्तुलनमा राख्ने छ। यसमा डुअल-लेन्स क्यामेरा, डाइनामिक आरजीबी लाइटिङ र हाइपर एआईको सहयोगमा उच्चस्तरको तस्विर खिच्न सकिनेछ।”
कम्पनीका अनुसार, पोको एक्स-८ प्रो ५ जि दुई भेरियन्टमा उपलब्ध रहेको छ भने ८ जीबी+ २५६ जीबी भेरियन्टको बजार मूल्य रु. ६३ हजार ९ सय ९९ र १२ + ५१२ जीबीको मूल्य रु.७३ हजार ९ सय ९९ रहनुका साथै यी दुवै भेरियन्टहरू कालो, हरियो र सेतो रङमा उपलब्ध रहेको छ।
त्यसैगरी एक्स-८ प्रो म्याक्स ५ जि १२+ २५६ जीबी को मूल्य रु.७९ हजार ९ सय ९९ र १२+ ५१२ जीबीको मूल्य रु. ८९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ भने यी दुवै भेरियन्टहरू निलो, कालो र सेतो रङमा उपलब्ध रहेको कम्पनीको दाबीे छ।
ग्राहकहरूको सुविधाका लागि पोकोले ९ महिनासम्मको इएमआई र १ वर्षको ब्रान्ड वारेन्टीको सुविधा दिइएको बताइएको छ। यी दुवै स्मार्टफोनहरू टेलिटकका आधिकारिक शोरुम, देशभरका आउटलेट र दराजबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


