रास्वपाको निर्णयः मन्त्रीहरुले १८ हजार र सांसदले १६ हजार रुपैँया लेबी बुझाउनुपर्ने
जानकारी केन्द्र
२०८३, बैशाख, ३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना मन्त्री तथा सांसदहरुबाट मासिक लेबी संकलन गर्ने निर्णय गरेको छ । पार्टीको संसदीय दलको बैठकले यो प्रस्तावलाई औपचारिक रुपमा अनुमोदन गरेको छ ।
सिंहदरबारमा बसेको बैठकपछि मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिँदै सांसद र मन्त्रीका लागि फरक फरक रकम तोकिएको बताए । निर्णयअनुसार सांसदहरुको मासिक १६ हजार ५ सय रुपैँया बुझाउनुपर्नेछ भने मन्त्रीहरुका लागि यो रकम १८ हजार रुपैँया निर्धारण गरिएको छ।
त्यस्तैगरी मन्त्रीसँग कार्यरत स्वकीय सचिवका हकममा पनि लेबी लागू गरिने भएको छ । उनीहरुका लागि मासिक २ हजार रुपैँया तिर्ने व्यवस्था गरिएको बताइएको छ । पार्टीले आन्तरिक व्यवस्थापन तथा गतिविधि सञ्चालनलाई व्यवस्थित बनाउन यस्तो लेबी प्रणाली लागू गरेको जनाइएको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


