मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने
काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्महरु सञ्चालन गर्ने मेटा कम्पनीले ठुलो मात्रामा कर्मचारी संख्या घटाउने तयारी गरेको छ । विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यका अनुसार कम्पनीले झन्डै ८ हजार कर्मचारीलाई हटाउने योजना बनाइएको छ भने जुन यसका कुल जनशक्तिको करिब १० प्रतिशत हो ।
यो प्रक्रिया मे २० बाट सुरु हुने बताइएको छ । प्रारम्भिक चरणपछि वर्षको पछिल्लो समयमा थप कटौती गरिने सम्भावना छ तर त्यसको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । कम्पनीले चरणबद्ध रुपमा यो निर्णय कार्यान्वयन गर्ने तयारी गरेको छ ।
मेटाका प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्रित बनाउने रणनीति अघि सारेका छन् । एआई प्रविधिको प्रयोग बढदै जाँदा धेरै काम स्वचालित गर्न सकिने विश्वास कम्पनीको छ ।
यस वर्ष प्रविधिक्षेत्रमा यस्ता निर्णयहरु बढ्दै जाँदा मेटासँगै अन्य ठुला कम्पनीहरुले पनि हजारौँ कर्मचारी कटौती गरिसकेका छन् । तथ्यांकले देखाएअनुसार २०२६ को पहिलो चार महिनामै हजारौँ कर्मचारी कटौती गरिसकेका छन् ।
तथ्यांकले देखाए अनुसार २०२६ को पहिलो पहिलो चार महिनामै विश्वभर टेक उद्योगका ७३ हजार भन्दा बढी कर्मचारीले जागिर गुमाएका छन् ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


