दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स ८ एक्टिभ नेपालमा
काठमाडौं । अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ रेडमी बड्स ८ एक्टिभ सार्वजनिक गरेको छ,जुन दैनिक प्रयोगका लागि आरामदायी, सानो र हल्का डिजाइनको रहेको बताइएको छ।
यस रेडमी बड्स ८ एक्टिभमा कानको प्राकृतिक बनावटसँग मिल्ने इन–इयर कर्भ डिजाइन प्रयोग गरिएको छ भने जसले लामो समय प्रयोग गर्दा पनि दबाब कम हुने भएकोले असहज नहुने जनाइएको छ । यसको हल्का बनावटले गर्दा दैनिक प्रयोगमा सजिलो, सुरक्षित र समाउन/बोक्न पनि सजिलो रहेको छ ।
कम्पनीका अनुसार यो बड्सले एक पटक चार्ज गर्दा बढिमा ७ घण्टा र चार्जिङ केससहित ३७ घण्टासम्म प्रयोग गर्न सक्नुका साथै १० मिनेटको छिटो चार्जले करिब २ घण्टा प्रयोग गर्न मिल्ने ब्याट्री दिन्छ भने सुधारिएको ब्याट्री क्षमताका कारण बारम्बार चार्ज गर्नुपर्ने आवश्यकता पनि हुँदैन ।
यस बड्सको पर्फमेन्सको कुरा गर्दा राम्रो साउण्डका लागि बनाइएका यी इयरबड्समा ठूलो टाइटानियमयुक्त ड्राइभर राखिएको छ भने यो टाइटानियम कोटिङ भएको डायाफ्रामले मध्यम र उच्च फ्रिक्वेन्सीमा स्पष्ट र राम्रो साउण्ड दिने बताइएको छ । एएसी कोडेकले अडियो डेटा कम्प्रेस गर्दा पनि आवाजको विवरण जोगाएर राख्छ र गुणस्तर घट्न नदिने भएकाले स्पष्ट, विस्तृत र गहिरो (इमर्सिभ) आवाज पाउन सकिने कम्पनीले जनाएको छ ।
प्रयोगकर्ताले डुअल माइक्रोफोन र एआई एल्गोरिदमको सहयोगले अझ स्पस्ट आवाज सुन्न र बोल्न सक्ने बताइएको छ । यसको प्रयोगले वरपरको आवाजलाई कम गरी कललाई स्पष्ट बनाउनुका साथै हावाको आवाज कम गर्ने प्रविधिले ६ मिटर प्रति सेकेन्डसम्मको हावाको चापमा पनि राम्रो प्रदर्शन गर्ने कम्पनीको विश्वास रहेको छ ।
रेडमी बड्स ८ एक्टिभमा स्मार्ट कनेक्टिभिटी रहेको छ भने गुगल फास्ट पियरको सहयोगले छिटो र सहज रूपमा कनेक्ट गर्न सकिनुका साथै दुईवटा डिभाइससँग एकैचोटि कनेक्ट हुने सुविधा भएकाले सजिलै स्विच गर्न मिल्ने जनाइएको छ ।
कम्पनीका अनुसार पानीका छिटा र धुलोबाट सुरक्षित रहने यस बड्स यात्रा, दैनिक आवागमन वा व्यायाम गर्ने समयमा पनि प्रयोग गर्न उपयुक्त रहेको छ भने यस बड्स कालो र सेतो दुई रंगमा उपलब्ध छ । यस रेडमी बड्स एट एक्टिभको मूल्य रु. ४,४९९ रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


