नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?
काठमाडौं । नेपाल टेलिकमले समर अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याएको छ ।
नेपाल टेलिकमको प्रिपेड मोबाइलमा उपलब्ध २८ दिनको प्याकेजलाई सेवाग्राहीको सुविधालाई मध्यनजर गरी ३० दिनको बनाइएको छ । अब सबै प्याकेजहरु ३० दिनका हुनेछन् । त्यसैगरी भ्वाइस प्याक अन्तर्गत ३० दिनको प्याकेजहरु अब सबै नेटवर्कमा कल गर्न सकिने (अल–नेट) सुविधा सहित उपलब्ध हुनेछन् ।
त्यसैगरी विभिन्न डाटा तथा कम्बो प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ । धेरैको रोजाइमा परेको सजिलो अनलिमिटेड प्याकलाई अझ आकर्षक बनाइएको छ । यस अन्तर्गत रु. ९९९ मा अनलिमिटेड अल–नेट भ्वाइस प्याक, मासिक ३०० जीबी डाटा र ३०० अल–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ । त्यसैगरी रु. ७९९ मा अनलिमिटेड अल–नेट भ्वाइस प्याक, मासिक १५० जीबी डाटा र २५० अल–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ ।
डाटा प्याक अन्तर्गत रु. ५४९ मा ४० जीबी र रु. ९९९ मा १०० जीबी डाटा प्याक उपलब्ध हुनेछ । रु. ५९९ मा २ जीबी प्रतिदिन र रु. ३४९ मा १ जीबी प्रतिदिन प्रयोग गर्न सकिने मासिक डाटा प्याक उपलब्ध हुनेछ।
अनलिमिटेड प्याकेज अन्तर्गत रु. २५ मा १ घण्टा सम्म चलाउन मिल्ने अनलिमिटेड भ्वाइस तथा डाटा प्याकेज उपलब्ध हुनेछ भने रु. ९९९ मा ३० दिन सम्म प्रतिदिन चलाउन मिल्ने ५ एमबीपीएस डाटा प्याकेज उपलब्ध हुनेछ । यसै अनुसार अन्य प्याकेजका साथै नाइट र कम्बो प्याकेज समेत उपलब्ध छन् ।
भ्वाइस र डाटा प्याकेजमा अन्य विभिन्न आकर्षक प्याकेजहरु समेत उपलब्ध रहेका छन् । त्यसैगरी बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक आदि समेत उपलब्ध छन् ।
समर अफर आजदेखि लागू हुनेछ । ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर तथा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


