Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

नेप्सेमा सामान्य वृद्धि,कारोबार ५.२७ अर्बमै सीमित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, बैशाख, ११
नेप्सेमा सामान्य वृद्धि,कारोबार ५.२७ अर्बमै सीमित

काठमाडौँ। सेयर बजारमा उतारचढावको बीच आज सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.५४ अंकले उकालो लाग्दै २७८८.७० विन्दुमा पुगेर बन्द भएको हो ।

यद्यपि सूचकका रुपमा ठुलो वृद्धि नभए पनि कारोबार रकम भने उल्लेखनीय रहेको छ। आज ३५१ वटा कम्पनीका १ करोडभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब रुपैँयाभन्दा माथि पुगेको छ ।

उपसूचकहरुको प्रदर्शन मिश्रित देखिएको छ । केही क्षेत्रमा सुधार आए पनि केही समूहमा गिरावट कायम रह्यो भने ६ उपसूचक उकालो लाग्दा ७ वटा घटेका छन्।

आजको कारोबारमा घट्ने कम्पनीको संख्या बढ्नेभन्दा धेरै देखिएको छ। ८७ कम्पनीको मूलय वृद्धि हुँदा १६८ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने बजारमा लागानीकर्ताको साधानीपूर्ण अझै कायम रहेको संकेत देखिन्छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स