साझँ ७ बजेसम्म बस्ती खाली नगरे भोलि बिहानै डोजर चल्ने चेतावनी
काठमाडौँ । काठमाडौँमा नदी किनारमा बसेका अवैध सुकुम्बासी बस्ती हटाउने प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै त्यस्ता स्थानमा बसोबास गरिहेका सबैलाई आज साँझ ७ बजेसम्म घरटहरा खाली गर्न निर्देशन दिएको छ ।
प्रशासनले सार्वजनिक तथा सरकारी जमिनमा वर्षौदेखि भइरहेको अतिक्रमणका कारण नदीको बहाबमा अवरोध,शहरी पूर्वाधारमा असर र मानव जीवनमा जोखिम बढेको उल्लेख गरेको छ । त्यसैले तत्काल बस्ती खाली गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
बसोबासकर्तालाई आफ्ना सामान,लत्ताकपडा र घरपालुवा जनावर र सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ । विशेषगरी बालबालिका ,वृद्धवृद्धा ,गर्भवती महिला र अपांगता भएका व्यत्तिलाई प्राथमिकतामा राखेर स्थानान्तरण गर्न भनिनुका साथै आवश्यक परे सुरक्षा निकायको सहयोग लिन सकिने जनाइएको छ ।
निर्धारित समयसीमा नमाने भोलि बिहान ६ बजेदेखि डोजर प्रयोग गरी संरचना हटाइने चेतावनी दिइएको छ । प्रभावित परिवारलाई अस्थायी बसोबासको व्यवस्था गर्ने र वास्तविक भूमिहिनको पहिचान गरी छिट्टै दिर्घकालीन समाधान खोजिने प्रशासनले जनाएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


