बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक
काठमाडौँ । नेपाली बजारमा विस्तार हुँदै गएको बर्ली होम एप्लायन्सेसले व्यवसायीक प्रयोगका लागि तीन नयाँ एयरकुलर सार्वजनिक गरेको छ । कम्पनीले सीजी इलेक्ट्रोनिक्समार्फत बैँक,अफिस,रेस्टुरेन्ट,शोरुम तथा अन्य भीडभाड हुने स्थानलाई लक्षित गर्दै उच्च क्षमता भएका कूलर ल्याएको बताएको छ ।
नयाँ मोडलहरुमा मेगाकूल ४ डब्लुएस–१३५ एल,वाइन्ड ३ एस–१२० एल र मेगाकुल ४ डब्लुएस–१०० एल समावेश रहेको जनाइएको छ । यीमध्ये १३५ लिटर टया्ंकी क्षमतासहितको मेगाकुल ४ डब्लू एस–१३५ एल सबैभन्दा शक्तिशाली मोडलका रुपमा प्रस्तुत गरिएको छ,जसले प्रतिघण्टा ९००० घनमिटर हावा प्रवाह गर्न सक्ने कम्पनीले बताएको छ । त्यस्तै गरी १२० लिटर क्षमताको वाइन्ड कमान्डरले ७५०० घनमिटर हावा प्रवाह दिने क्षमता राख्छ भने १०० लिटरको मोडललाई किफायती विकल्पको रुपमा ल्याइएको जनाइएको छ ।
कम्पनीका अनुसार यी कूलरहरुमा चारैतर्फ हावा फैलिने विशेष प्रयोग गरिएको छ,जसले ठूलो क्षेत्रलाई समान रुपमा चिसो बनाउने काम गर्छ । त्यस्तैगरी हनीकोम्ब प्याड,अटो–फिल सिस्टम,बलियो बडी र सजिलै सार्न मिल्ने चक्काजस्ता सुविधाले प्रयोगलाई अझ सहज बनाउने बताइएको छ ।
यसअघि पनि बर्लीले एकैपटक १७ एयर कूलर र ६ गिजर सार्वजनिक गरेर बजारमा उपस्थिति बलियो बनाउनुका साथै आफ्ना उत्पादनहरु देशभरका सीजी डिजिटल शोरुम,आधिकारिक विक्रेता तथा अनलाइन माध्यमबाट उपलब्ध गराउँदै आएको छ भने सेवा विस्तारका लागि ४० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


