सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ
काठमाडौं । नेपालका लागि इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स उत्पादन गर्दै आएको ब्रान्ड सीजीले नेपाली बजारमा विभिन्न क्षमताका चेष्ट फ्रिजर उपलब्ध गराएको छ । कम्पनीले ११० लिटरसम्म क्षमताका २८ मोडल बजारमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार चेष्ट फ्रिजरका कम्प्रेसरमा ६० महिना अर्थात् ५ वर्षको वारेन्टी प्रदान गरिएको छ । यसले दीर्घकालीन प्रयोगमा उपभोक्तालाई सहज हुने विश्वास गरिएको छ ।
बढ्दो गर्मीका कारण खाद्य सामग्री सुरक्षित राख्न चुनौती बढिरहेका बेला चेष्ट फ्रिजरको प्रयोग उपयोगी बन्दै गएको कम्पनीको भनाइ छ । सुपर फास्ट फ्रिजिङ प्रविधिमार्फत दुध, दही, मासु तथा तरकारीजस्ता सामग्रीलाई लामो समयसम्म ताजा राख्न सकिने उल्लेख गरिएको छ ।
सीजीका फ्रिजरहरुमा उच्च कुलिङ रिटेन्सन क्षमता रहेको र विद्युत आपुर्ति अवरुद्ध हुँदा पनि केही समयसम्म भित्री चिस्यान कायम रहने कम्पनीले जनाएको छ । त्यस्तै अस्थिर भोल्टेजमा समेत सञ्चालन हुन सक्ने कम्प्रेसर प्रयोग गरिएको बताइएको छ ।

कम्पनीले ग्राहकलाई किस्ताबन्दी सुबिधा पनि उपलब्ध गराएको जनाएको छ । नागरिकता पेश गरी शुन्य प्रतिशत ब्याजदरमा मासिक किस्तामा फ्रिजर खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
देशभर रहेका २१ वटा सीजी डिजिटल शोरुम, आधिकारीक बिक्रेता सञ्जाल तथा अनलाइन प्लेटफर्ममार्फत उत्पादन उपलब्ध रहेको कम्पनीले जनाएको छ । बिक्रीपछिको सेवाका लागि ४० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा रहेको जानकारी दिइएको छ ।
कम्पनीका एक अधिकारीले नेपाली व्यवसायी तथा घरधुरीको आवश्यकतालाई ध्यानमा राखेर उत्पादन विकास गसिएको बताए । उनले उपभोक्ताको जीवनस्तर उकास्ने लक्ष्यसहित सेवा विस्तार गरिँदै आएको पनि उल्लेख गरे ।
सम्बन्धित समाचार
प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा
“एट्टो सिरिज” को न्यु जेनेरेसन नेपालमा, बीवाईडीले नाइमा एक्सपोमा सार्वजनिक गर्यो अपडेट मोडल
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


