राष्ट्रपति रामचन्द्र पौडेलले गरे थप तीन वटा अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार थप तीन वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान धारा ११४ (१) अनुसार ती अध्यादेशहरु जारी गरिएको बताइएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार जारी गरिएका अध्यादेशहरुमा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धि विशेष व्यवस्था अध्यादेश २०८३’ र ‘विश्वविद्यालय सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३’ समावेश छन् ।
यसअघि शुक्रबार राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तेस्रो संशोधन अध्यादेश २०८३ जारी गरेका थिए । त्यस्तै, यसअघि नै सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ र सहकारीसम्बन्धि अध्यादेश पनि जारी भइसकेका छन् ।
संसद् अधिवेशन स्थगित रहेको अवस्थामा सरकारले तत्काल आवश्यक ठानेका कानुनी व्यवस्थाहरु लागु गर्न अध्यादेशमार्फत अघि बढेको जनाइएको छ ।

सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


