मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु
जानकारी केन्द्र
२०८३, बैशाख, २३
पोखरा । मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा एक तीर्थयात्रीको मृत्यु भएको छ । कपिलवस्तुका ८५ वर्षीय चित्रबहादुर मल्लको कागबेनीमा लेक लागेर मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई जोमसोमस्थित अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका मुस्ताङ प्रहरीले जनाएको छ ।
मुस्ताङमा वैशाख महिनामा मात्रै लेक लागेर मृत्यु हुनेको सङ्ख्या ३ पुगिसकेको बताइएको छ । मृतकमध्ये धेरै मुक्तिनाथ मन्दिर दर्शनका लागि गएका छन् ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


