बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा नियम उल्लङ्घन गर्ने तीन वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ। विभागले बिहीबार काठमाडौँ उपत्यकामा गरिएको अनुगमनका क्रममा उपभोक्ता हितविपरीत कार्य गरेको पाइएपछि नगद जरिवानासहित कारबाही गरिएको जनाएको हो।
कारबाहीमा काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित लुगा जुत्ता प्रालिलाई ५० हजार रुपैयाँ, पूजा शृङ्गारलाई १० हजार रुपैयाँ तथा नयाँ बानेश्वरस्थित श्रेष्ठ कस्मेटिक्स शपलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। ती फर्मबाट कुल ७५ हजार रुपैयाँ जरिवाना असुल गरिएको हो।
विभागका अनुसार ती व्यवसायीहरूले उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ विपरीतका गतिविधि गरेको, विभागीय निर्देशन पालना नगरेको तथा अनुचित व्यापारिक अभ्यास अपनाएको पाइएपछि कारबाही गरिएको हो।
अनुगमनका क्रममा मूल्यसूची नराख्ने, उपभोक्तालाई आवश्यक जानकारी नदिने तथा व्यापारिक मापदण्डविपरीत गतिविधि सञ्चालन गरेको जस्ता कमजोरी भेटिएको विभागले जनाएको छ। यसैबीच, विभागले अन्य १० वटा उद्योग तथा व्यावसायिक फर्मलाई भने तत्काल सुधार गर्न निर्देशन दिएको छ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


