कालंगा हाइड्रोको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि कति ?
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आज जेठ ८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरिसकेको कम्पनीले अब सर्वसाधारणमा शेयर बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये १४ लाख कित्ता आयोजना प्रभावित र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकिएको छ ।
बाँकी शेयरमध्ये १ लाख ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि तथा १ लाख ५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २८ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । जेठ १३ गतेसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २२ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


