मोटरसाइकलले ठक्कर दिँदा हेटौंडामा एक प्रहरी जवानको मृत्यु, तीनजना घाइते
जानकारी केन्द्र
२०८०, पुष, १८
काठमाडौँ । हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । अन्य दुई प्रहरी जवानसहित ३ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिकाको थाना भर्याङमा मोटरसाइकलले ठक्कर दिदा २५ वर्षिय विनोद एडीको मृत्यु भएको छ ।
डडेलधुरा जिल्ला आलिताल गाउँपालिका ६ घर भएका एडी आज विहान दोडिँदै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको थियो । एडी बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत थिए ।
मोटरसाइकल समेत अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक ४१ वर्षिय लक्ष्मण लामा गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागि चितवन लगिएको छ । दुर्घटनामा सोही गणमा कार्यरत अन्य दुई प्रहरी जवान घाइते भएका छन् । घाइते भएका प्रहरी जवान नवराज सार्की र विजय खत्री भने सामान्य उपचार पछि गण फर्किएका छन् ।
सम्बन्धित समाचार
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

