Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, १
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी अगस्ट १९, २०२६ मा नयाँ नामी भिगो ई २ सार्वजनिक गर्ने भएको छ। नामी भिगोको नयाँ संस्करणलाई “फुल एसयूभी” का रूपमा बजारमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

भिगो ई २ ले पर्याप्त ठाउँ, आधुनिक फिचर र व्यावहारिक प्रदर्शनमार्फत ग्राहकलाई पूर्ण एसयूभी अनुभव प्रदान गर्ने लक्ष्य राखेको  बताइएको  छ ।

कम्पनीका अनुसार नेपालमा नामीले ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ भने हालसम्म देशभर २,००० भन्दा बढी नामी गाडी सडकमा सञ्चालनमा छन्।

भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा लगायतका चुनौतीपूर्ण गन्तव्यहरूमा आफ्नो क्षमता पनि प्रदर्शन गरिसकेको जनाइएको छ ।  यस्ता वास्तविक यात्राहरूले भिगोलाई भरपर्दो र प्रमाणित इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गर्न सहयोग गरेका छन्।

नयाँ भिगो ई २ ले भिगोको एसयूभी पहिचान, फराकिलो क्याबिन र व्यावहारिक प्रदर्शनलाई निरन्तरता दिनुका साथै दैनिक प्रयोगदेखि लामो यात्रासम्मका लागि सक्षम इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकलाई लक्षित गरी यसलाई डिजाइन गरिएको कम्पनीले जनाएको छ।

भिगो ई २ को आधिकारिक मूल्य तथा सम्पूर्ण उत्पादनसम्बन्धी जानकारी अगस्ट १९ मा हुने सार्वजनिक कार्यक्रममा घोषणा गरिने बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स