सवारी दुर्घटनामा परी बझाङमा दुई जना घाइते
बझाङ । बझाङमा सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन्। जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।बझाङको दुर्गाथली गाउँपालिका–१ भाँगडाबजारबाट मौरीबगरतर्फ गइरहेको से १ ज ७८१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको सुदूरपश्चिमप प्रदेश ०१००८ प १२२२ नम्बरको मोटरसाइकल एक आसमा ठोक्किँदा दुर्घटना भएको हो।
उक्त दृर्घटनामा परेर मोटरसाइकल चालक छबिसपाथिभेरा गाउँपालिका–६ का ३७ वर्षीय लोकश बुडा र पछाडि सवार सोहि ठाउँकी ३७ वर्षीया इन्द्रा बुढा घाइते भएका छन्। मोटरसाइकल चालकको दाँहिने खुट्टा भाँचिएको छ भने इन्द्राको दाँहिने खुट्टामा चोट लागेको छ।
दुबै जना घाइतेलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाएको प्रहरीले जनाएको छ। जिप चालक दुर्गाथली गाउँपालिका–१ का २३ वर्षीय सुरेन्द्र सार्कीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए।
सम्बन्धित समाचार
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

