लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ : प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कालापानी–लिपुलेक सीमा समस्या समाधानका लागि भारत र चीनका अतिरिक्त बेलायतसँग पनि छलफल भइरहेको जानकारी दिएका छन् । संघीय संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री शाहले सुगौली सन्धिको समय र ब्रिटिसकालीन शासनका बेला नेपाल–भारत सीमाको अवस्था के कस्तो थियो भन्ने ऐतिहासिक तथ्य र प्रमाण जुटाउन बेलायतसँग संवाद अगाडि बढाइएको स्पष्ट पारे ।
‘लिपुलेकका विषयमा भारतसँग सरकारले स्पष्ट अडान राखिसकेको छ र उताबाट जवाफ पनि आएको छ,’ संसद्मा जवाफ दिँदै प्रधानमन्त्री शाहले भने, ‘अब इतिहासविद्हरूसमेतलाई राखेर द्विपक्षीय वार्ता गर्ने तयारी छ । यसका लागि हामीले इङ्ल्यान्डसँग पनि कुरा गरेका छौँ ।’
नेपालको भूमि फिर्ता ल्याउने र सीमा विवादलाई कूटनीतिक माध्यमबाट सधैँका लागि टुङ्ग्याउने सन्दर्भमा सरकारले ऐतिहासिक दस्तावेजहरूको खोजी गरिरहेको र यसमा बेलायत सरकारको सहयोग महत्त्वपूर्ण हुने प्रधानमन्त्रीको भनाइ छ ।
सम्बन्धित समाचार
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

