सानिगाड हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आज जेठ १८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा आईपीओ निष्काशन तथा बाँडफाँड गरिसकेपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये २८ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याएर बाँडफाँड गरिसकिएको छ।
बाँकी शेयरमध्ये २ लाख ८५ हजार कित्ता सामूहिक लगानी कोषका लागि तथा १ लाख ७१ हजार कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। त्यसपछि बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको कम्पनीले जनाएको छ।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। कम्पनीका अनुसार हाल निष्काशन गरिएको शेयरमा करिब ४ लाख ६७ हजार ४०० जना आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गर्न सक्नेछन्।
आईपीओमा जेठ २१ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार १ गतेसम्म लम्बिनेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सम्हालेको बताइएको छ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


