एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
काठमाडौं । एनएमबि बैंक लिमिटेडले मनाङ जिल्लामा अवस्थित ६५ मेगावाट क्षमताको दुध खोला जलविद्युत आयोजनामा मुख्य लगानीकर्ताका रूपमा सहभागी हुँदै आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। दुध खोला हाइड्रो पावर कम्पनी प्रा. लि.द्वारा प्रवर्द्धित उक्त जलविद्युत आयोजना हाल मनाङ जिल्लामा निर्माणाधीन अवस्थामा रहेको छ। दुध खोला हाइड्रो पावर कम्पनी प्रा.लि.का प्रमुख लगानीकर्तामा माउण्टेन इनर्जी नेपाल लिमिटेड तथा सीताराम तिमिल्सिनाको नेतृत्वमा रहेको लगानीकर्ता समूह रहेका छन्।
सहवित्तीयकरण लगानी सम्झौताअनुसार एनएमबि बैंक अगुवा बैंकका रूपमा छ भने सानिमा बैंक लिमिटेड सह-अगुवा बैंकका रूपमा रहेको छ। कुल १२ अर्ब ९० करोड रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनामा ९ अर्ब ६७ करोड रुपैयाँ बैंक ऋणमार्फत लगानी गरिनेछ। यस आयोजनासँगै एनएमबि बैंकको लगानी पोर्टफोलियो नेपालभरका ५० भन्दा बढी जलविद्युत् आयोजनामा विस्तार भएको छ। ऋण सुविधा सम्झौतामा एनएमबि बैंकका तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल र दूध खोला हाइड्रो पावर कम्पनी प्रालिका तर्फबाट अध्यक्ष अरुण कुमार केसीले हस्ताक्षर गरेका छन्।
नेपाल राष्ट्र बैंकले जारी गरेको वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन मार्गदर्शन, २०२२ बमोजिम एनएमबि बैंकले आफ्ना वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरी जोखिमको मूल्याङ्कन गर्ने जनाएको छ। अन्तर्राष्ट्रिय अभ्यासहरू अपनाउँदै आयोजनाको वातावरणीय, सामाजिक र सुशासन पक्षहरूको मूल्याङ्कन हाइड्रोपावर सस्टेनेबिलिटी एलाइन्सले विकास गरेको ‘हाइड्रोसेलेक्ट टुल’ प्रयोग गरी गरिएको बताइएको छ।
एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको जनाएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

