चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
रौतहट। बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले १६ वर्षीय किशोरसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान स्थानमा लगिएको र त्यहाँ जबर्जस्ती करणीपछि हत्या गरिएको खुलेको छ।
मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको कमाण्डमा थप प्रहरी टोली परिचालन गरी घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाको गम्भीरताका आधारमा प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको पहिचान भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गरिमा साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्। त्यसपछि उनको खोजी भइरहेको थियो।
अनुसन्धानका क्रममा जितपुरसिमरा–२ बस्ने भिम सेन थापाका छोरा तथा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिने बहानामा फकाईफुल्याई घटनास्थलमा लगेको खुलेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार त्यहाँ बालिकामाथि जबर्जस्ती करणी गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापासँगै म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई समेत पक्राउ गरेको छ।
घटनाको प्रकृति र पक्राउ परेका व्यक्तिहरूको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। मृतक बालिकाको शव पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रियाका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
सम्बन्धित समाचार
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
प्रोटोन इ.मास ५ को नयाँ टिभिसि ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
यस्तो छ आजको मौसम पुर्वानुमान
नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

