नाडाको ५० वर्षे यात्राः ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९ देखि भृकुटीमण्डपमा आयोजना हुने
काठमाडौँ । सन् १९७५ मा नेपालका सीमित सवारीसाधन आयातकर्ता र व्यवसायीहरू मिलेर स्थापना गरेको सानो संगठन आज पाँच दशक पूरा गरी स्वर्ण जयन्ती मनाउने मोडमा आइपुगेको बताइएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५० वर्षे ऐतिहासिक यात्राको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’आगामी भदौ ९ देखि १४ गते९अगस्ट २५ देखि ३०० सम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना गर्ने भएको नाडाले जनाएको छ ।
भृकुटीमण्डपको करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने यस प्रदर्शनीमा २ सयभन्दा बढी स्टलहरू रहनेछन् भने मेलामा २३ वटा चारपाङ्ग्रे ( यात्रुवाहक ) ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी एलसीभी ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डहरूको प्रत्यक्ष सहभागिता रहने बताइएको छ। यसका साथै पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरण सम्बन्धी करिब ७० वटा कम्पनीका साथै १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू समेत सहभागी हुने छन्।
पाँच दशकको अवधिमा नेपाली अटोमोबाइल क्षेत्रले लोभलाग्दो फड्को मारेको छ। हाल नेपालमा करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन्। विगत पाँच आर्थिक वर्षमा मात्रै नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारी तथा सम्बन्धित सामग्री आयात गर्दा राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको जनाइएको छ, जसले अटोमोबाइल क्षेत्रलाई राष्ट्रिय ढुकुटीको मुख्य मेरुदण्ड बनाएको छ। त्यस्तै, हरित गतिशीलता (ग्रीन मोबिलिटि) तर्फ उन्मुख हुँदै देशमा करिब ६३ हजार विद्युतीय सवारीसाधन (इभीएस) भित्रिइसकेका छन् भने तिनका लागि करिब २ हजार चार्जिङ स्टेसनको सञ्जाल तयार भइसकेको बताइएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यो स्वर्ण जयन्ती संस्करण केवल एउटा संस्थाको उत्सव मात्र नभएर सिङ्गो उद्योगको योगदानको लेखाजोखा हो। ”पचास वर्ष भनेको ‘कुनै उद्योगलाई कति बिक्री गर्यो’ भन्ने आधारमा होइन, ‘कति धानिरहेको छु भन्ने आधारमा नाप्न थाल्न पर्याप्त समय हो। भदौ ९ गते हामीले खोल्न लागेको प्रदर्शनी त्यही हो,” अध्यक्ष उप्रेतीले भने ।
नेपालको अटोमोबाइल क्षेत्रलाई केवल आयात र बिक्रीमा मात्र सीमित नराखी रोजगारी सिर्जना, राजस्व संकलन, हरित प्रविधिको विस्तार र समग्र आर्थिक चलायमानताको प्रमुख संवाहकका रूपमा विकास गर्न नाडाले निरन्तर नेतृत्वदायी भूमिका खेल्दै आएको जनाइएको छ । पचास वर्षको यो ऐतिहासिक कोशेढुङ्गाले नेपाली सडक र यातायात प्रणालीलाई थप आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउन नयाँ दिशा प्रदान गर्ने अपेक्षा गरिएको नाडाको विश्वास छ।
सम्बन्धित समाचार
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
आज कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

