विभिन्न कार्यक्रमसहित राष्ट्रिय सूचना दिवस मनाइदैँ
काठमाडौं। राष्ट्रिय सूचना दिवस नेपालमा हरेक वर्ष भदौ ३ गते मनाइन्छ।
जनआन्दोलन–२ सफल भए पछि २०६४ साल भदौ ३ गते ‘सूचनाको हकसम्बन्धी ऐन, २०६४’ लागू भएको थियो। सोही दिनको स्मरणमा हरेक वर्ष भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउन थालिएको हो।
यो दिवसको अवसरमा राष्ट्रिय सूचना आयोग तथा देशैभरिका जिल्ला प्रशासन, स्थानीय तह र सार्वजनिक निकायहरूले विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन । आज सूचनाको हकका क्षेत्रमा योगदान पुर्याउने अभियन्ता, पत्रकार र उत्कृष्ट सूचना अधिकारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिन्छ। आजै सचेतनामूलक अन्तरक्रिया, गोष्ठी, विचार विमर्श र प्रचार प्रसारका कार्यक्रमहरू आयोजना पनि गरिन्छ।
नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने मौलिक हक प्रदान गरेको छ। यो दिवस नागरिकको सूचनाको हकको प्रवर्द्धन र सार्वजनिक निकायहरूमा पारदर्शिता कायम गराउने उद्देश्यका साथ मनाइने एक महत्त्वपूर्ण अवसर हो।
सार्वजनिक निकायहरूवाट जनचासोको सुचना लिने अधिकारसँग यो सबन्धित रहेको छ । सरकारी तथा गैरसरकारी कार्यालयले गर्ने कामकारबाही पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउनु यसको उदेश्य हो । यो नागरिक सशक्तिकरणका लागि सबैभन्दा महत्वपुर्ण कडी मध्ये एकको रूपमा लिइन्छ । भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न नागरिकलाई सूचनाको अधिकारबारे सचेत गराउनका लागि यो हक प्रयोग गरिन्छ ।
सुचना पाउने प्रक्रिया सरल बनाउनका लागि ऐनले सर्वसाधारणको हक सुरक्षित गरेको छ । नागरिकले माग गरेको सूचना सार्वजनिक निकायहरूबाट सहज र छिटो उपलब्ध गराउने र लिन यसको प्रयोग गरिन्छ ।
सम्बन्धित समाचार
म्याक्ससको ४४ युनिट बुकिङ,नाइमाको अफर भदौ १५ सम्म
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
चकलेटको प्रलोभन देखाएर तीन वर्षीया बालिकाको बलात्कार पछी हत्या
एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

