बिजुलीको महशुल घटाउने तयारीमा उर्जा मन्त्रालय
काठमाडौँ । सरकारले वर्षायामममा बढी उत्पादन भएर खेर जाने विद्युतको खपत बढाउन बिजुलीको महशुल घटाउने तयारी गरेको छ । ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा विद्युत महसुल पुनरावलोकनका लागि समिति गठन गरिएको हो ।
नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोकत्वमा रहेको समितिले आज मन्त्रालयमा बैठक गर्दैछ । बैठकमा उपभोक्ता र उद्योगलाई साहुलियत दरमा बिजुली उपलब्ध गराउने उपायबारे छलफल हुने गरेको जनाइएको छ ।
समितिले वर्षायाममा लागू हुने सिजनल ट्यारिफ मार्फत विद्युत महसुल घटाउने प्रस्ताव अघि बढाएको छ । वर्षायाममा उत्पादन बढी हुँदा विद्युत खेर जाने र प्राधिकरणले नोक्सानी व्यहोर्नुपर्ने भएकाले सस्तो महसुलमार्फत आन्तरिक खपत बढाउने तयारी गरिएको हो ।
उद्योगलाई सस्तो बिजुली उपलब्ध गराउँदा उत्पादन लागत घट्ने र त्यसको लाभ उपभोक्तासम्म पुर्याउने विषयमा समेत छलफल भइरहेको छ । समितिले आवश्यक अध्ययनपछि छिट्टै महशुलसम्बन्धी निर्णय गर्ने जनाइएको छ ।
सम्बन्धित समाचार
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

