Jankari Kendra
२५ श्रावण २०८३, सोमबार
Worldlink

एक्सपेङ बन्यो विश्वका ७ प्रमुख देशमा नम्बर १ उदाउँदो चिनियाँ ईभी ब्रान्ड

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, जेष्ठ, १९
एक्सपेङ बन्यो विश्वका ७ प्रमुख देशमा नम्बर १ उदाउँदो चिनियाँ ईभी ब्रान्ड

काठमाडौं । अत्याधुनिक प्रविधिद्वारा संचालित एक्सपेङले सन् २०२६ को पहिलो त्रैमासिकमा विश्वव्यापी रूपमा उल्लेखनीय सफलता हासिल गरेको छ । एक्सपेङले ७ प्रमुख देशहरूमा उदाउँदो चिनियाँ इभि ब्रान्ड अन्तर्गत बिक्रीमा नम्बर १ पद हासिल गर्दै विश्व विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति अझ मजबुत बनाएको बताइएको छ ।

कम्पनीका अनुसार यस सफलताको अग्रभागमा रहेको एक्सपेङ जी६ ले स्मार्ट परफर्मेन्स, प्रिमियम कम्फर्ट तथा भविष्य केन्द्रित डिजाइनले विद्युतीय मोबिलिटीलाई नयाँ परिभाषा दिइरहेको छ । एक्सपेङको प्रयोगकर्ता–केन्द्रित इन्जिनियरिङप्रतिको प्रतिबद्धताले विश्वभर दिगो मोबिलिटीतर्फको परिवर्तनलाई अझ गति दिइरहेको बताइएको छ ।

एक्सपेङ नेपालले नोभेम्बर ९, २०२४ मा आफ्नो काठमाडौं शोरुममा एक्सपेङ जी६ सार्वजनिक गरेको थियो। सोही दिन कम्पनीले २५ वटा गाडी ग्राहकलाई हस्तान्तरण गर्दै नेपाली बजारमा स्मार्ट इभि प्रति बढ्दो रुचि देखाएको थियो। नेपालमा इभिको माग बढ्दै जाँदा, एक्सपेङ नेपालले नयाँ प्रविधि र राम्रो ग्राहक सेवामार्फत स्मार्ट र दिगो यातायातलाई अघि बढाउने लक्ष्य राखेको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स