रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक
काठमाडौं । रामादा बाई विन्धाम इटहरीले अतिथीहरूलाई आराम, स्वाद र मनोरञ्जन सहित गर्मीयामको भरपूर आनन्द लिन सहयोग पुर्याउने उद्देश्यले विशेष रूपमा तयार गरिएका तीन मौसमी अफरहरू सार्वजनिक गरेको छ।
१ जुन २०२६ देखि ३१ जुलाईसम्म सञ्चालन हुने ‘मनसुन एस्केप प्याकेज’ वर्षायाममा आरामदायी विश्रामको खोजीमा रहेका पाहुनाहरूका लागि उत्कृष्ट अवसर हो। यस अन्तर्गत डिलक्स रूममा बसोबास गर्ने पाहुनाहरूले आगमनका बेला वेलकम ड्रिङ्क, स्वादिलो बुफे ब्रेकफास्ट तथा आफ्नो रोजाइ अनुसार लञ्च वा डिनरको सुविधा प्राप्त गर्नेछन्।
यस प्याकेजमा उपलब्धताको आधारमा अर्ली चेक-इन र लेट चेकआउट, फिटनेस सेन्टर, स्वीमिङ पुल, साउना तथा स्टिम रुमको पूर्ण पहुँच पनि समावेश गरिएको बताइएको छ। साथै, साँझ ४ बजेदेखि ५ बजेसम्म एरियामा विशेष हाई-टी अनुभव तथा अतिरिक्त भोजनमा १५ प्रतिशत छुटको सुविधा पनि प्रदान गरिनेछ। एक रातको बसाइका लागि एक जनाको शुल्क रु. ६,६९९ र दुई जनाको लागि रु. ८,६९९ निर्धारण गरिएको छ, जसले सम्पूर्ण मनसुन विश्राम अनुभवलाई उत्कृष्ट मूल्यमा उपलब्ध गराउँछ।
खानाका पारखीहरूका लागि पनि विशेष आकर्षण रहेको छ। ‘समर म्याङ्गो फेस्टिभल’ १२ जुनदेखि १२ जुलाई २०२६ सम्म सञ्चालन हुनेछ। फलफूलको राजा आँपलाई समर्पित गरिएको यस उत्सवमा आँपका सिर्जनात्मक र आकर्षक परिकारहरू समेटिएको विशेष मौसमी मेनु प्रस्तुत गरिनेछ। फ्रेश सलाद, स्वास्थ्यवर्द्धक समर बाउल, आँपका विशेष डेजर्टका साथै ताजगीपूर्ण म्याङ्गो मकटेल, स्मुदी र ककटेलहरूले गर्मीयामको स्वादलाई अझ विशेष बनाउनेछन्। यस फेस्टिभलले मौसम अनुकूल उत्कृष्ट स्वादको जीवन्त र अविस्मरणीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको जनाइएको छ।
त्यसैगरी, दिनभरको रमाइलो र मनोरञ्जन खोज्नेहरूका लागि ‘समर एस्केप’ पूलसाइड अनुभव जुन २०२६ देखि सुरु भई दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। प्रति व्यक्ति रु. १,७०० शुल्क रहेको यस अफरमा स्वीमिङ पूलमा प्रवेश, आरामदायी लाउञ्ज सेटिङ, दुई क्यान चिसो कार्ल्सबर्ग बियर, सङ्गीत सहितको उत्साहपूर्ण सामाजिक माहोल तथा पूलछेउमा बसेर ईन्स्टाग्राममा पोस्ट गर्ने खालका आकर्षक फोटो खिच्ने अवसरहरू समावेश छन्। गर्मीबाट बच्दै गर्मीयामकै ऊर्जा र उत्साह अनुभव गर्ने यो एक उत्कृष्ट विकल्प हुनेछ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

