सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक
काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधन (ईभी) मा लागू गरेको नयाँ कर व्यवस्थापछि एलआरआर मोटर्सले जिली ईएक्स–५ सिरिजको खुद्रा बिक्री मूल्य पुनः समायोजन गरेको छ।
कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार जिली ईएक्स–५ म्याक्सको मूल्य ७३ लाख रुपैयाँ र जिली ईएक्स–५ प्रोको मूल्य ६२ लाख रुपैयाँ कायम गरिएको छ। यसअघि जिली ईएक्स–५ म्याक्स ६८ लाख रुपैयाँ तथा जिली ईएक्स–५ प्रो ५८ लाख रुपैयाँमा बिक्री हुँदै आएको थियो।
यसअघि कम्पनीले पहिलो चरणमा मूल्य समायोजन गर्दै जिली ईएक्स–५ म्याक्सको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ र जिली ईएक्स–५ प्रोको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको थियो। तर, सरकारले बजेटमार्फत ईभीमा नयाँ कर संरचना लागू गरेपछि कम्पनीले पुनः मूल्य वृद्धि गरेको हो।
कम्पनीका अनुसार विद्युतीय सवारीसाधनमा लागू गरिएको नयाँ कर व्यवस्थाका कारण आयात लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको हो। सरकारले हालै सार्वजनिक गरेको बजेटमार्फत ईभीको भन्सार मूल्यका आधारमा ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ लागू गरेको छ, जसले आयात लागतमा उल्लेखनीय वृद्धि गरेको कम्पनीको भनाइ छ।
नयाँ व्यवस्थाअनुसार भन्सार मूल्यका आधारमा विभिन्न दरमा स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्नेछ। साथै, भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट) र सडक निर्माण दस्तुरसमेत तिर्नुपर्ने भएकाले विशेषगरी प्रिमियम श्रेणीका विद्युतीय सवारीसाधनको लागतमा उल्लेख्य प्रभाव परेको कम्पनीले जनाएको छ।
एलआरआर मोटर्सले मूल्य समायोजन भए पनि ग्राहकलाई अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा सुविधा तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्ने प्रतिबद्धता यथावत् रहेको जनाएको छ।
नेपालमा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण निरन्तर बढिरहेका बेला नयाँ कर संरचनाले बजारमा केही प्रभाव पार्ने अनुमान गरिएको छ। यद्यपि, कम्पनीले गुणस्तरीय उत्पादन, नवीन प्रविधि तथा विश्वस्तरीय सेवामार्फत ग्राहकको विश्वास कायम राख्दै विद्युतीय यातायातको विस्तारमा योगदान पुर्याइरहने कम्पनीले जनाएको छ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


