ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा जनचेतना अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेसँग भेट गरी उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका समस्या तथा समाधानका उपायबारे विस्तृत छलफल गरेको हो।
छलफलका क्रममा प्रमुख काफ्लेले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी र नाडाबीच दीर्घकालीन तथा सिर्जनात्मक सहकार्य आवश्यक रहेको बताए। उनले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त ट्राफिक बत्ती व्यवस्थापनका लागि पहल गर्न नाडालाई आग्रह गरे।
काफ्लेले सवारीसाधन खरिद गर्ने ग्राहक, सेवा केन्द्रका सेवाग्राही तथा पहिलो पटक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने व्यक्तिहरूलाई ट्राफिक प्रहरी कार्यालयमार्फत करिब एक घण्टाको आधारभूत प्रशिक्षण प्रदान गर्न सकिए ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे। उनले ठूला क्षमताका मोटरसाइकल काठमाडौंभित्र बढ्दो प्रयोग भइरहेको उल्लेख गर्दै मोटरसाइकलको तुलनामा स्कुटर दुर्घटनाको दर कम रहेको तथ्यसमेत प्रस्तुत गरे।
भेटमा नाडाका अध्यक्ष उप्रेतीले ट्राफिक प्रहरीसँग विगतदेखि हुँदै आएको सहकार्यलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउन संस्था प्रतिबद्ध रहेको बताए। उनले नाडाको ५०औँ वार्षिक साधारणसभा तथा स्वर्ण जयन्तीका अवसरमा आगामी असार १३ देखि १९ गतेसम्म राजधानीमा सप्ताहव्यापी विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिँदै कार्यक्रम सफल बनाउन ट्राफिक प्रहरीको सहयोग आवश्यक रहने बताए।
उप्रेतीले ट्राफिक सचेतना अभिवृद्धिका लागि स्टिकरमार्फत जनचेतनामूलक अभियान सञ्चालन गरिने जानकारी पनि दिए।
छलफलमा नाडाका महासचिव मिलनबाबु मल्लले ट्राफिक प्रहरीसँगको सहकार्यलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल तथा कोषाध्यक्ष पंकज अग्रवाललगायतको सहभागिता रहेको थियो।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

