इन्जुरी समयमा घानाले पारयो पनामालाई स्तब्ध, १-० को जीत
काठमाडौं। घानाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’को खेलमा पानामालाई १–० ले पराजित गरेको छ । मिडफिल्डर कालेब यिरेन्कीले इन्जुरी समयमा गोल गरे पछि घानाले पनामालाई हराउँदै १–० को जीत निकालेको हो । टोरन्टो रंगशालामा सम्पन्न खेलमा ६ मिनेट्सको इन्जुरी समय थपिएको थियो तर पाँच मिनेटमा नै घानाले काउन्टर आक्रमणको फाइदा उठायो । लेफ्ट साइडबाट ब्रेन्डन थोमसको क्रसमा यिरेन्कीले ट्याप इन गोल गरे ।
दोस्रो हाफको सुरुआती मिनेटमा गोलकिपर अती जिगी इन्जुरीका कारण मैदान छाड्न बाध्य भएपछि घानालाई ठूलो झट्का बेहोर्न परे पनि खेल भने घानाले सम्हालेरै राखेको थियो । पहिलो हाफ भन्दा खेल सुधारेको घानाले अन्तिममा पाएको अवसरलाई गोलमा परिणत गरेको हो ।
त्यसअघि पनि पनामा माथी घानाले काउन्टर प्रयासहरु गरिरहेको थियो । बुधबार मध्यराति समूह ‘एल’को पहिलो खेलमा इङ्ल्यान्डले क्रोएसियालाई ४–२ ले हरायो भने सो अघि पोर्चुगल र कंगोले १–१को बराबरी खेल खेलेका थिए ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

