माहुरी चरनमै सिन्डिकेटः विषादी हालेर १८ लाख बराबरका माहुरी मारिए
बाहिरी जिल्लाबाट चराउनका लागि दाङ ल्याइएका ७५ घार मौरी विषादीका कारण मरेका छन्। त्यसबाट माहुरी किसानलाई करिब १८ लाखभन्दा बढी क्षति भएको उनीहरुले बताएका छन्। माहुरीको घारमा कसले विषादी हालेको हो वा होइन भनेर विज्ञहरुको टोलीले छानबिन समेत थालिसकेको छ। तोरी र चिउरी फूल्ने यो सिजनमा चितवन, नवरपरासी, कपिलवस्तु, रुपन्देही, काठमाडौं, सर्लाहीलगायत थुप्रै जिल्लाबाट यहाँ माहुरी चराउनका लागि किसानहरुले सबै घार माहुरी उठाएर ल्याउने गर्दछन्।
तर, पछिल्लो समयमा जिल्लास्थित माहुरी पालक व्यवसायी संघले भने अन्यत्र जिल्लाका माहुरी किसानले यहाँ चरनका लागि ल्याउँदा आफूहरुसँग समन्वय नगरेको आरोप लगाएका छन् । ‘जर्वजस्ती गरिए भारतीय सरह व्यवहार हुने’ आसयको पत्र दाङ जिल्ला माहुरी पालक संघले केन्द्रको महासंघलाई पठाएको थियो। त्यसमा अन्यत्र जिल्लाका माहुरीहरु यहाँ चराउन नदिने चेतावनी दिइएको थियो।
तर, केही दिनअघि चितवनबाट दाङको रामपुर क्षेत्रमा चराउन ल्याइएका माहुरीहरु एकाएक मारिएपछि माहुरी किसानहरु आतंकित भएका छन्। पीडितहरुले जिल्लामा माहुरी चराउन ल्याएकै कारण रिसिइबीले गर्दा माहुरी मारिएको आरोप पनि लगाएका छन्। चितवन भरतपुरका किसान विष्णुप्रसाद भुसालका ५९ र चितवन भरतपुर १रामनगरका डा.खेमराज न्यौपानेका १६ घार माहुरी शुक्रबार मारिएका हुन्। घारका माहुरी पूरै रित्तिएका छन् ।
मरेका ती माहुरीहरुलाई शुक्रबार नै जिल्ला कृषि कार्यालय, प्रशासन तथा जिल्ला प्रहरी कार्यालयको रोहबरमा जलाइएको छ। ‘घारमै बिष छर्किएको जस्तो देखिन्छ’ पीडित माहुरी किसान भुसाल भन्छन् ‘नत्र यसरी घारका सबै माहुरी एकै पटक मरेको कुनै कारण आजसम्मै छैन ।’ उनका अनुसार यहाँका माहुरी किसानहरुले पहिला पनि माहुरी नल्याउन चेतावनी दिएका थिए। ‘हामीले सिन्डीकुट तोड्न खोज्यौँ तर, त्यसको प्रतिफल अहिले लाखौंको क्षति ब्यहोर्नुपरेको छ’ उनले भने।
माहुरीकै विषयमा पिएचडी सकेका प्रध्यापक खेमराज न्यौपानेका अनुसार पनि यसरी घार नै सखाप हुने गरे माहुरी मर्नुको एउटामात्रै कारण हुन्छ, घारभित्रै माहुरी निसास्सिनु । तर, उनका अनुसार यहाँ राखिएका कुनै पनि घार निसास्सिने खालका छैनन् । ‘यो विरलै हुने घटना हो, यहाँ त सिधै विष छर्केर मारिएको छ’ उनले भने ‘घारमा एउटा पनि माहुरी नबाँच्नेगरी स्वाहा हुनु भनेको विषादी नै हो, अर्काे कारण हुनैसक्दैन ।’ उनी चितवन रामपुरस्थित कृषि क्याम्पसका प्राध्यापक पनि हुन् ।
जिल्ला कृषि कार्यालयले मरेका महुरीको ल्याव टेस्टका लागि कृषि अनुसन्धान केन्द्रमा स्याम्पल पठाइसकेको छ । माहुरीका घारमा कसले र किन विषदी हाल्यो ? भन्ने कुराको एकीन भएको छैन । तर, पीडित किसानहरुका अनुसार जिल्लामा चलेको सिन्डिकेटका कारण यस्तो क्षति भएको दाबी गर्छन् । ‘बाहिरका माहुरी यहाँ चराउन नपाइने चेतावनी दिएको पटकपटक सुनेका थियौँ तर, हामीले स्थानीयसँग समन्वय र सहकार्य गरेरै ल्याएका हौँ’ डा. न्यौपाने भन्छन् ‘हामीलाई धम्क्याउन र त्रास दिनका लागि यहाँकै किसानहरुको मिलोमतोमा यस्तो हुनसक्छ ।’
अन्नपूर्णपोष्टबाट
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

