Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

रेडपाण्डाको छाला सहित पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, कार्तिक, २१
रेडपाण्डाको छाला सहित पक्राउ

संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत रेडपाण्डाको छाला सहित सोलुखुम्बु टाक्सिन्दु गाविस–१ बस्ने २० बर्षीय नविन राईलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनलाई बुढानिलकण्ठ नगरपालिका–१४ कपनबाट १ थान संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला सहित पक्राउ गरेको हो ।
राईलाई प्रहरीले थप अनुसन्धान एवं आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताएको  छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स