Jankari Kendra
२५ श्रावण २०८३, सोमबार
Worldlink

विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, श्रावण, २४
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कृषि सिँचाइ, खानेपानी र घरायसी विद्युतमा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णयको विरोध गरेका छन्।

उनले अत्यावश्यक क्षेत्रमा कर थप्नुको सट्टा सिँचाइ र खानेपानीमा सहुलियत दिनुपर्ने बताएका छन्। ग्यास अभाव भइरहेका बेला इन्डक्सन चुल्होको प्रयोग बढाउनुपर्ने भन्दै घिसिङले उत्पादित विद्युत् खेर फालेर ग्यासमा निर्भर हुनु विडम्बना भएको टिप्पणी गरेका छन्।

साथै, सर्वसाधारण र कृषकमाथि कर थप्नुको सट्टा ठूला उद्योगीबाट ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’को अर्बौँ रुपैयाँ बक्यौता उठाउन सरकारलाई आग्रह गरेका छन्।

Top Changing Nepal

युट्युब सट्स