२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
मेष राशि –
दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ । गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ । तर, साँझदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन् ।
बृष राशि –
विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ ।
मिथुन राशि –
केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। भेटघाटले काममा बाधा पुर्याउनेछ । आँटले काम लिन नसक्दा पछि परिनेछ ।
कर्कट राशि –
अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यले फाइदा दिलाउनेछ । काम गर्दा चुनौती आइलाग्नेछन् । प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ । रोकिएका काम सम्पादन हुनेछन् ।
सिंह राशि –
सरसापटमा धन खर्च हुने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । स्वास्थ्यको कमजोरीले पढाइमा बाधा पुग्न सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । सोखले फजुल खर्च बढाउन सक्छ । आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ । अर्थ संग्रहमा बाधा पुग्नेछ । समयलाई बेवास्ता नगर्नुहोला ।
कन्या राशि –
सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । आलोचकहरूलाई जवाफ दिन सकिनेछ ।
तुला राशि –
सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । मनग्य धन आर्जन हुने ग्रहयोग छ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न होला ।
वृश्चिक राशि –
वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरुको मुख ताक्ने बानीले पछि परिनेछ।
धनु राशि –
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईका कामको तारिफ गर्नेछन् । सोखले खर्च बढाउने तथा वैधानिक प्रावधानले अधिकार खुम्च्याउने सम्भावना छ । आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ ।
मकर राशि –
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरुको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ । शुभचिन्तकहरूसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ ।
कुम्भ राशि –
पठन-पाठनमा प्रगति हुनेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ ।
मीन राशि –
रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । साँझतिर महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन् । कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ ।
-ज्यो.पं. तुलसी भारद्वाज
सम्बन्धित समाचार
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २१ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


