सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्र आजवाट सुरू हुने भएको छ। हिजोवाट नै सुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि चयन र प्रतिनिधि पासमा समस्या देखिएकाले सम्भवः नभए पछि एकदिन ढिलो गरी आजवाट सुरू हुन लागेको हो ।
पार्टीको प्रतिनिधि व्यवस्थापन उपसमितिले मंगलबार एक सूचना जारी गर्दै महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने तथा प्रतिनिधि कार्ड छपाइ गर्ने कार्यमा सोचेभन्दा बढी समय लागेकाले हिजोको कार्यक्रम स्थगित गर्नुपरेको जानकारी दिएको थियो ।
जारी सूचनाअनुसार हिजो साँझ ७ः०० बजेदेखि नै प्रिन्ट भइसकेका प्रतिनिधि कार्ड वितरण सुरु भइसकेको र थप प्रतिनिधिको बाँकी कार्डहरू आज बिहान ७ बजेदेखि वितरण गरिने जनाइएको छ। सबै प्रतिनिधिहरूले कार्ड प्राप्त गरिसके पछि मात्र बन्दसत्रको औपचारिक कार्यक्रम सुरु हुनेछ।
पार्टीले महाधिवेशनलाई आफ्नो सर्वोच्च निकायका रूपमा लिएको भन्दै प्रतिनिधि व्यवस्थापन प्रक्रियामा कुनै विवाद नहोस् भन्ने कुरामा प्रतिबद्ध रहेको जनाएको छ।
साथै, यस ढिलाइका कारण महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति पार्टीले क्षमायाचना गर्दै धैर्यता र सहयोगका लागि आग्रहसमेत गरेको छ।
सम्बन्धित समाचार
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

