लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो
काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले मंगलबार फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।
उज्वेकिस्तानलाई ५-० ले पराजित गर्दै गर्दा रोनाल्डोले फिफा विश्वकपको इतिहासमा नयाँ किर्तिमान कायम गरेका हुन । उज्बेकिस्तानविरुद्धको खेलको छैटौँ मिनेटमै गोल गर्दै ६ वटा फरक फरक विश्वकप संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेर उनले यो नयाँ किर्तिमान कायम गरेका हुन् । यो रेकर्ड बनाउँदै गर्दा ४१ वर्षीय रोनाल्डोले दायाँ खुट्टाले जाली चुमाउँदै पोर्चुगललाई १-० को सुरूवाती अग्रता दिलाएका थिए।
यो गोलसँगै रोनाल्डो विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा पाका खेलाडीसमेत पनि बनेका छन्। यसअघि रोजर मिलाले सन् १९९४ को विश्वकपमा ४२ वर्षको उमेरमा गोल गर्दै यो कीर्तिमान बनाएका थिए ।
यस वर्ष रोनाल्डो र अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकपका ६ संस्करण खेल्ने इतिहासकै पहिलो पुरुष खेलाडी बनिरहेका छन । रोनाल्डोले विश्वकपमा गोल गर्ने आफ्नो यात्रा सन् २००६ मा सुरु गरेका थिए। त्यसयता उनले २०१०, २०१४, २०१८, २०२२ र २०२६ का विश्वकपमा पनि गोल गर्दै लगातार ६ वटै विश्वकपमा गोल गर्ने अद्वितीय कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।
उज्वेकिस्तानसँगको खेलमा नुनो मेन्डेसले १७ औं मिनेटमा अर्को गोल थप्दा रोनाल्डोले पुनः ३७ औं मिनेटमा गोल गरेर एउटै खेलमा दोहोरो गोल गरेका थिए । उनको यो विश्वकपमा १० औं गोल हो ।
६० औं मिनेटमा आत्मघाती गोलले फाइदामा पुगेको पोर्चुगलका लागि बैकल्पिक खेलाडीका रूपमा प्रवेश गरेका राफेल लियोले थप गोल गरेर पोर्चुगललाई उज्वेकिस्तानसँग ५-० को अग्रता दिलाउन सफल भए । यो जीतसँगै पोर्चुगलले ३ अंक जोडनसमेत सफल भएको छ । अब पोर्चुगल ४ अंकसहित समुह ‘के’ को शिर्ष स्थानमा छ ।
उता, यहाँ पाँच गोलले पराजित भए पनि उज्बेकिस्तानको विश्वकप सकिएको छैन्, अब उनीहरूले आफ्नो अन्तिम समूह खेलमा डीआर कंगोलाई हराउन सकेमा समुह चरणमा प्रवेश गर्न सक्नेछन् ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

