क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
काठमाडौं। विश्वका सबैभन्दा ठूला स्टारहरूमध्ये एक रोनाल्डो किन विगत १२ महिनादेखि विश्वकै सबैभन्दा धेरै कमाउने फुटबल खेलाडी बनेका छन् । फुटबल क्लबको तलब र मैदानमा कमाई उनको सबैभन्दा बढी रहेको छ । यो रोनाल्डोको नगद सम्पत्तिको सबैभन्दा ठूलो स्रोत हो, जसले उनलाई परम्परागत खेलाडीहरू भन्दा धेरै अगाडि राखेको छ । रोनाल्डोले साउदी अरेबियाको अल नस्रसँग ऐतिहासिक दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्, यसलाई २०२५ सम्म विस्तार गर्दै। यस सम्झौता अन्तर्गत, रोनाल्डोले वार्षिक २०० मिलियन तलब पाउँछन्। यदि यसलाई मात्रै साप्ताहिक र दैनिक ज्यालामा रूपान्तरण गरियो भने रोनाल्डोले हाल प्रति महिना लगभग २२४ करोड, प्रति हप्ता ५५।५८ करोड र प्रति दिन ८ करोड नेपाली रूपैयाँ कमाउँछन्।
विश्वको अग्रणी पत्रिका फोर्ब्सका अनुसार यस वर्ष अर्थात् २०२६ सहित विगत १२ महिनामा रोनाल्डो ३०० मिलियन अमेरिकन डलर कमाईका साथ पहिलो स्थानमा छन्। यसमध्ये, रोनाल्डोले मैदानमा प्रदर्शन र क्लब बोनसबाट मात्र २३५ मिलियन अमेरिकन डलर कमाएका छन्।
रोनाल्डो केवल एक खेलाडी मात्र होइन, एक विश्वव्यापी ब्रान्ड बनेका छन्। कम्पनीहरूले उनको नाम प्रयोग गर्न अरबौं खर्च गरिरहेका छन् । २०१६ मा, विश्वव्यापी विशाल कम्पनि नाइकले रोनाल्डोलाई आजीवन सम्झौतामा हस्ताक्षर गर्यो। उनी माइकल जोर्डन र लेब्रोन जेम्ससँगै खेलकुद इतिहासमा यस्तो सम्झौता प्राप्त गर्ने केही खेलाडीहरू मध्ये एक हुन्। यो सम्झौता लगभग एक बिलियन डलर मूल्यको छ। यस सम्झौताबाट उनले प्रत्येक वर्ष लगभग १५० मिलियन निश्चित रोयल्टीमा प्राप्त गर्छन्। रोनाल्डो विश्वको सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज, बिनन्स, पोषण कम्पनी हर्बलाई र थेराबडी जस्ता कम्पनीहरूका लागि विश्वव्यापी राजदूतसमेत पनि हुन्, यहाँवाट उनको आम्दानी मिलियनमा हुने गर्छ ।
त्यसो त रोनाल्डोले सामाजिक सञ्जालबाट वार्षिक लाखौं रुपैयाँ पनि कमाउँछन्। रोनाल्डोका इन्स्टाग्राममा ६६ करोडभन्दा बढी फलोअर्स छन्, जसले गर्दा उनी विश्वमा सबैभन्दा धेरै फलोअर्स हुने व्यक्तिसमेत बनेका छन्। सबै प्लेटफर्महरूमा उनको कुल सामाजिक सञ्जाल फलोअर्समा १ अर्ब बराबर बढी छन्। उनी आफ्नो इन्स्टाग्राममा एउटा प्रचारात्मक पोस्टको लागि कम्पनीहरूबाट ४० करोडदेखि ५० करोड रुपैयाँसम्म शुल्क लिन्छन्। रोनाल्डोसँग सिआर ७ ब्रान्ड साम्राज्य छ, जुन एक विशाल ब्रान्ड बनेको छ। यस अन्तर्गत उनी विलासी भित्री पोशाक, जुत्ता, प्रिमियम परफ्युम र चश्माको विश्वव्यापी व्यवसाय चलाउँछन्, जसको कारोबार करोडौं डलरमा छ।
रोनाल्डोले होटल उद्योगमा पनि उल्लेखनीय लगानी गरेका छन्। यी महान फुटबल खेलाडीको पोर्चुगलको सबैभन्दा ठूलो होटल समूह पेस्टानासँग ५०-५० प्रतिशतको साझेदारी छ। उनीसँग ‘पेस्टाना सिआर ७’ नामक विलासी होटलहरूको श्रृंखला छ। यसका विलासी होटलहरू न्यूयोर्कको टाइम्स स्क्वायर, म्याड्रिड, लिस्बन, माराकेश र मडेइरासहित विश्वका केही महँगा प्रमुख स्थानहरूमा सञ्चालन भईरहेका छन । रोनाल्डोका अन्य व्यवसायहरूको कुरा गर्दा उनले परम्परागत व्यवसायहरूभन्दा बाहिर गएर नयाँ युगका कम्पनीहरूमा पनि इक्विटी प्राप्त गरेका छन्। उनले फिटनेस र स्वास्थ्य पहिरनयोग्य स्मार्ट ब्यान्ड कम्पनी हूपमा एन्जलको लगानीकर्ताको रूपमा महत्त्वपूर्ण लगानी गरेका छन । र, यसको विश्वव्यापी ब्रान्ड साझेदार पनि हुन्।
रोनाल्डोले आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० सर्च इन्जिन पर्प्लेक्सिटीमा पनि रणनीतिक लगानी गरेका छन्। उनले स्पेन र पोर्चुगलमा इन्स्पारिया नामक सफल कपाल प्रत्यारोपण क्लिनिक चेन सुरु गरेका छन्। आफ्नो हालैको व्यापार विस्तारको एक भागको रूपमा रोनाल्डोले स्पेनी फुटबल क्लब अल्मेरियामा २५ प्रतिशत स्वामित्व हिस्सेदारी प्राप्त गरेका छन्।
रोनाल्डोले आफ्नो कमाईको ठूलो हिस्सा विश्वव्यापी सम्पत्तिमा लगानी गरेका छन्। उनी पोर्चुगल ९लिस्बन र मडेइरा०, म्याड्रिड, टुरिन ९इटाली०, न्यूयोर्कको ट्रम्प टावरमा सम्पत्तिका मालिक छन् र हालै साउदी अरेबिया ९रियाद० मा एउटा विलासी हवेली पनि खरिद गरेका छन्। साउदी अरेबिया र दुबईमा उनको नयाँ सम्पत्तिहरू सयौं करोड रुपैयाँको रहेको बताइएको छ।
आफ्नो उच्च आम्दानीसँगै रोनाल्डोले उच्च जीवनस्तर पनि कायम राखेका छन्। यी महान फुटबल खेलाडीसँग दुईवटा विलासी र लक्जरी निजी जेटहरूसमेत छन्, प्रत्येकको मूल्य ५६० देखि ७७० करोड सम्म छ। यसबाहेक उनको ग्यारेजमा १ अर्ब २० करोड भन्दा बढी मूल्यको बुगाटी सेन्टोडिएसी र रोल्स-रोयल र बेन्टलीसहित १९ वा २० वटा कारहरूको संग्रह छ।
रोनाल्डोको कुल सम्पत्ति १ अर्ब ३२ सय करोड देखि १ अर्ब ८७ करोड सम्म हुने अनुमान गरिएको छ। उनले आफ्नो करियरभरि तलब, बोनस र समर्थन सहित २।१ बिलियन अमेरिकी डलर भन्दा बढी रहेको अनुमान गरिएको छ।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

