Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

जापानको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा प्रवेश

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, असार, १६
जापानको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा प्रवेश

काठमाडौं । जापानको विश्वकप यात्रा रोक्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। राती सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा जापानलाई २–१ गोलले हराउँदै ब्राजिलले अन्तिम १६ का लागि सुरक्षित भएको हो ।

पहिलो हाफको २९ औं मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएर ब्राजिललाई दबाबमा राखे पनि दोस्रो हाफको ५६ औं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याउन सफल भएको थियो ।

निर्धारित ९० मिनेटसम्म बराबरी खेलका दुवै टोलीले थप समयमा बैकल्पिक खेलाडीको रूपमा प्रवेश गरेका गाब्रियल मार्टिनेलीले गोल गर्दै ब्राजिललाई महत्वपूर्ण जित दिलाउन सफल भए । उनको गोलसँगै ब्राजिल राउन्ड अफ १६ मा प्रवेश गरेको छ ।

हारसँगै जापानको विश्वकप यात्रा राउन्ड अफ ३२ मै सकिएको छ। ब्राजिलले अब अन्तिम १६ मा आइभरी कोस्ट र नर्वे बीचको विजेता टोलीसँग खेल्न पाउने भएको छ ।

Top Changing Nepal

युट्युब सट्स