क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश
काठमाडौं । क्यानडालाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को पहिलो खेलमा क्यानडालाई ३–० ले सहज हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो। विश्वकपको जारी खेलमा क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली हो ।
मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको भए पनि ५०औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गरेका हुन । उनै ओउनाहीले खेलको ८२औं मिनेटमा फेरी अर्को गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाउन सफल भए ।
दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले गोल गर्दै मोरक्कोलाई ३–० को सहज जित दिलाएका हुन । क्यानडाले मोरक्कोभन्दा बढी सर्ट र कोनाको प्रहार पाउँदा पनि कुनै गोल गर्न सकेन ।
सातौंपटक विश्वकप खेलिरहेको मोरक्को दोस्रोपटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो।
क्यानडा र मोरक्कोबीच हालसम्म कुल तीन खेल खेलिएका छन्, जसमा दुई खेलमा मोरक्कोले जितेको छ भने एक खेल बराबरीमा टुंगिएको छ । फिफा विश्वकपको इतिहासमा यो उनीहरूबीचको दोस्रो भेट भए पनि दुवैमा मोरोक्कोले बाजी मारेको छ । यसअघि सन् २०२२ को विश्वकपको समूह चरणमा मोरक्कोले क्यानडालाई २–१ ले पराजित गरेको थियो भने अहिले ३–० ले पराजित गरेको हो ।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

