Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

सुनको मूल्य प्रतितोला नौं सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, असार, २२
सुनको मूल्य प्रतितोला नौं सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली सुनचाँदी बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार चाँदी तोलामा २० रुपैयाँले घटेर ४ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स