एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक
काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रा.लि. (एलजी) ले आफ्नो आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला एलजी इसेनसियल सिरिज सार्वजनिक गरेको जनाएको छ। नेपालगंजस्थित सिद्धार्थ कटेजमा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो।

कम्पनीका अनुसार “हरेक घरको खुशी, घर-घरमा एलजी” अभियानअन्तर्गत सार्वजनिक गरिएको इसेनसियल सिरिज ले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटनुका साथै नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने एलजीको विश्वास रहेको छ।
नयाँ श्रृंखलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल-डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनर समावेश छन्।

नेपाली घरपरिवारका लागि विशेष रूपमा विकसित उत्पादनहरू
एलजी इसेनसियल सिरिज डबल-डोर रेफ्रिजेरेटर
फ्रोस्ट फ्री टेक्नोलाजी सहितको यस रेफ्रिजेरेटरले म्यानुअल डिफ्रोस्टिङको आवश्यकता हटाउने बताइएको छ। स्मार्ट मोड सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमताले नेपाली परिवारहरूको आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने सिजीले जनाएको छ।
एलजी इसेनसियल सिरिज फुल्लि अटोमेटिक टप लोड वासिंग मेसिन
नेपालका विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको यस वासिङ मेसिनमा प्रोशील्ड मोटर, बिएमसी कभर तथा आइपीएक्स ४ प्रमाणित वाटर-रेसिस्टेन्स कन्ट्रोल प्यानेल जस्ता सुविधाहरू समावेश हुनुका साथै लो प्रेसर फिल टेक्निोलोजिले कम पानीको चापमा पनि प्रभावकारी धुलाई सुनिश्चित गर्ने बताइएको छ ।
एलजी इसेनसियल सिरिज रुम एयर कन्डिसनर
ऊर्जा-दक्ष प्रविधिसहितको यस एयर कन्डिसनरले प्रभावकारी कुलिगं तथा हिटिंग सुविधा प्रदान गर्दछ भने परम्परागत नन-इन्भटर एयर कन्डिसनरको तुलनामा कम विद्युत् खपत गर्ने यस उत्पादनमा वातावरणमैत्री आर ३२ रेफ्रिजरेन्ट प्रयोग गरिएको कम्पनीले जनाएको छ। त्यस्तैगरी न्यून ध्वनि सञ्चालनले प्रयोगकर्तालाई थप आरामदायी अनुभव प्रदान गर्ने बताइएको छ ।

एलजी इसेनसियल सिरिजको बिक्री वितरण नेपालभर जुन २०२६ देखि सुरु हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार, प्रारम्भिक मोडेलहरूको मूल्य करिब रु. ४९,६९० बाट सुरु हुनुका साथै उत्पादनहरू देशभरका आधिकारिक एलजी ब्रान्ड सप,मल्टि ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख इकमर्स प्लेटफर्म मार्फत उपलब्ध हुनेछ ।

सम्बन्धित समाचार
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
आज कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

