Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, असार, २४
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ। आज सुनको भाउ प्रतितोला ९०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँ ले घटेर ४ हजार ५ सय रुपैयाँ मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स