लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय
भैरहवा । आन्तरिक राजस्व कार्यालय, भैरहवाले आर्थिक वर्ष २०८२/८३ मा निर्धारित लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ। कार्यालयले १६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा असार २१ गते साँझसम्म १७ अर्ब ८३ करोड रुपैयाँ संकलन गरेको प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए। यो लक्ष्यभन्दा करिब ९० करोड रुपैयाँ बढी तथा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.६ प्रतिशत अर्थात् ३७४ करोड रुपैयाँले बढी हो।
पोख्रेलका अनुसार कार्यालयले श्रावणदेखि जेठसम्म हरेक महिनाको राजस्व संकलन लक्ष्य पूरा गरेको छ। असार महिनाका लागि २ अर्ब ९ करोड रुपैयाँको लक्ष्य रहेकामा असार २१ गतेसम्म ६९ करोड रुपैयाँ संकलन भइसकेको छ।
उनका अनुसार अर्थतन्त्रका विभिन्न परिसूचकमा आएको सुधार, आर्थिक गतिविधिमा वृद्धि, नियमित तथा प्रभावकारी बजार अनुगमन, बक्यौता असुलीमा तीव्रता, बजेटमा व्यवस्था गरिएका कर छुट तथा सहुलियतको प्रभावकारी कार्यान्वयन, परिणाममुखी करदाता शिक्षा तथा करदातामैत्री सेवा प्रवाहका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन सम्भव भएको हो। नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बीजक जारी गर्ने तथा खरिद गर्नेहरूमाथि गरिएको अनुसन्धान र कर निर्धारण तथा कर परिपालनाप्रति करदातामा बढेको उत्साहले पनि राजस्व वृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको उनले बताए।
आन्तरिक राजस्व कार्यालय, भैरहवाको कार्यक्षेत्रमा ८२ हजारभन्दा बढी व्यवसायिक करदाता रहेका छन्। कार्यालयको कार्यक्षेत्रमा रुपन्देहीका सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिकाका केही वडा, देवदह नगरपालिकाका केही वडा, विभिन्न गाउँपालिका तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को केही क्षेत्र समेटिएका छन्। आगामी दिनमा पनि बजार अनुगमन, बक्यौता असुली र करदाता शिक्षालाई थप प्रभावकारी बनाउँदै राजस्व संकलनलाई अझ सुदृढ बनाइने प्रमुख कर अधिकृत पोख्रेलले बताए।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

