सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद
बारा । रौतहटसँग सीमा जोडिएको भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लामा मल तस्करी र नक्कली मल उत्पादनमा संलग्न गिरोहमाथि भारतीय प्रशासनले व्यापक कारबाही गरेको छ।
संयुक्त सुरक्षा टोलीले सञ्चालन गरेको विशेष अपरेसनमा २ हजार बोरा अवैध रासायनिक मल बरामद हुनुका साथै नक्कली डीएपी (DAP) मल उत्पादन भइरहेको कारखाना फेला पारी कानुनी प्रक्रिया अघि बढाइएको छ।
जिल्ला कृषि पदाधिकारी मनीष कुमार सिंहको नेतृत्वमा सशस्त्र सीमा बल (एसएसबी)को ७१औँ बटालियन र स्थानीय प्रहरीले मंगलबार मध्यराति बनकटवा प्रखण्डका बडहरवा, रेगनिया, आठमोहन र बीजबनी गाउँमा एकैसाथ छापामारी गरेका थिए। कारबाहीका क्रममा तस्करीका लागि गोदाममा लुकाइराखिएको २ हजार बोरा अवैध मल नियन्त्रणमा लिइएको भारतीय अधिकारीहरूले जनाएका छन्।
छापाका क्रममा अगरवा गाउँमा नक्कली डीएपी मल उत्पादन भइरहेको कारखाना पनि फेला परेको छ। प्रारम्भिक अनुसन्धानअनुसार उक्त कारखानाबाट उत्पादन गरिएको नक्कली मल सीमावर्ती बजारमा बिक्री गर्नुका साथै नेपालतर्फका बारा र रौतहटसम्म तस्करी गरेर पुर्याइँदै आएको आशंका गरिएको छ।
घटनामा संलग्न रहेको आरोपमा जावेद अन्सारी, विश्वनाथ राय, सिकन्दर राय, सिखु राय र सुधीर रायविरुद्ध मल तस्करी तथा अवैध भण्डारणसम्बन्धी मुद्दा दर्ता गरिएको छ। यस्तै, नक्कली डीएपी उत्पादन गरेको आरोपमा प्रमोद राय र मदन रायविरुद्ध पनि कानुनी कारबाही अघि बढाइएको प्रशासनले जनाएको छ।
यसअघि पनि बनकटवा, आदापुर, छौडादानो र घोडासहन क्षेत्रका १४ वटा मल बिक्री केन्द्रलाई कालोसूचीमा राखिएको थियो। प्रशासनले सीमावर्ती क्षेत्रमा मलको अवैध कारोबार नियन्त्रण गर्न निगरानी र कारबाहीलाई थप कडा बनाइने जनाएको छ।
सीमावर्ती नेपालमा पनि असर पर्ने जोखिम
पूर्वी चम्पारणसँग बारा र रौतहटको खुला सीमा जोडिएकाले त्यहाँ हुने मल तस्करी र नक्कली मलको कारोबारले नेपाली किसान पनि प्रभावित हुने जोखिम रहन्छ। खेतीपातीको मुख्य समयमा सस्तो मूल्यको प्रलोभनमा यस्ता नक्कली मल नेपाल भित्रिने सम्भावना रहने भएकाले सीमामा निगरानी थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ। भारतीय प्रशासनको पछिल्लो कारबाहीले सीमापार हुने अवैध मल कारोबार नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सञ्जय मिश्रा
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

