मोरङको कञ्चनबारीमा ’अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ को उद्घाटनसँगै कजारिया रमेश टायल्सको उपस्थिति थप सुदृढ
मोरङ । नेपालकै अग्रणी टायल ब्राण्ड कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार पहुँच बढाउँदै मोरङको कञ्चनबारीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सँगको सहकार्यमा व्यवस्थापन गरिएको यस आधुनिक शोरूमले मोरङ र आसपासका क्षेत्रका स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय वाल, फ्लोर र बाथवेयर सोलुसन्स प्रत्यक्ष रूपमा उपलब्ध गराउने लक्ष्य राखेको बताइएको छ ।
यस शोरूमको औपचारिक उद्घाटन असार २५ गते बिहान १०ः०० बजे भव्य रूपमा सम्पन्न भएको जनाइएको छ । कम्पनीका अनुसार कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपाल तथा अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्सका व्यवस्थापन टोलीको विशेष उपस्थितिमा आयोजित रिबन काट्ने समारोहसँगै स्थानीय ग्राहकहरूलाई नयाँ स्पेस अवलोकनका लागि आमन्त्रण गरिएको थियो ।
आकर्षक र ग्राहक–मैत्री ढाँचामा सजाइएको यस शोरूमले खरिदकर्ताहरूलाई उत्कृष्ट र नयाँ सपिङको अनुभव गराउनेछ भने शोरूममा आउने ग्राहकहरूले विभिन्न प्रिमियम टायल्सका प्याटर्न, टेक्सचर र फिनिसिङलाई प्रत्यक्ष हेरेर, महसुस गर्दै आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि उत्कृष्ट डिजाइन सहजै रोज्न सक्ने बताइएको छ ।
उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका प्रतिनिधिले भने, “अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्ससँगको यो साझेदारी मोरङ र यस आसपासका क्षेत्रहरूमा अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू पुर्याउने हाम्रो निरन्तर प्रयासको महत्त्वपूर्ण कदम हो । यस शोरूममार्फत ग्राहकहरूले आफ्नो परिकल्पना अनुरूपको सुन्दर र बलियो संरचना निर्माणका लागि उत्कृष्ट र आधुनिक टायल्स सहजै प्राप्त गर्न सक्नुहुनेछ ।”
यो नयाँ शोरूम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा रूपमा सञ्चालनमा आइसकेको छ भने कञ्चनबारी, मोरङ तथा यस आसपासका सम्पूर्ण बासिन्दाहरूलाई शोरूममा आमन्त्रण गर्दै नयाँ र अत्याधुनिक कलेक्सनहरू अवलोकन गर्न अनुरोध गरिएको जनाइएको छ ।
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालको टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । कम्पनीको बजार नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय उपलब्धिहरूबाट थप सुदृढ बनेको कम्पनीले बताएको छ, जसमा सुपरब्राण्ड २०२५ को उपाधि, ’एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादकमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् ।
गुणस्तर र दिगोपनाप्रतिको यसको प्रतिबद्धता आइएसओ ९००१ः२०१५ र आइएसओ १४००१ः२०१५ प्रमाणीकरण, इन्डियन ग्रीन बिल्डिङ काउन्सिल (आईजिबिसी)को सदस्यता र प्रतिष्ठित एनएस क्वालिटि अवार्ड २०२६ मार्फत स्पष्ट हुन्छ, जसले यसलाई एक विश्वसनीय उद्योग नेतृत्वकर्ताको रूपमा स्थापित गरेको जनाइएको छ ।
३,००० भन्दा बढी आधुनिक डिजाइन विकल्पहरूसहित यस ब्रान्डले दीर्घकालीन टिकाउपन र उत्कृष्ट कार्यसम्पादनयुक्त उत्पादनहरू मार्फत आन्तरिक स्थानहरूलाई निरन्तर रूपान्तरण गर्दै आएको छ भने हाल कजारियाको नेपालभर १०० प्लस शोरुमहरूको सशक्त देशव्यापी उपस्थिति रहेको कम्पनीको दाबी छ । यसको विविध उत्पादन पोर्टफोलियोमा ग्लेज्ड भिट्रिफाइड टायल्स (६०x१२० से.मी., ६०x६० से.मी., ४०x४० से.मी. (८ मि.मी.), र १९.५x१२० से.मी.), सेरामिक वाल टायल्स (३०x६० से.मी. र ३०x४५ से.मी. एचडी पोलिस्ड), र हेभी ड्युटी भिट्रिफाइड टायल्स (४०x४० से.मी., १२ मि.मी.) समावेश छन् जुन उनीहरूको असाधारण मजबुती तथा पानी र दाग प्रतिरोधी क्षमताका लागि अत्यधिक प्रसिद्ध रहेको बताइएको छ ।
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला


