नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
काठमाडौं । बलिउड अभिनेता गोविन्दाले हालै ठूलो पर्दामा आफ्नो पुनरागमनको औपचारिक घोषणा गरेका छन् । एक पत्रकार सम्मेलनमा उनले आफ्ना आगामी चलचित्रहरू ‘रूपा’ र ‘दुनियादारी’ का बारेमा जानकारी दिएका हुन । उनले यो परियोजनामा नयाँ अभिनेत्री रानी स्वर्णकारसँग काम गर्ने कुरा पनि खुलासा गरेका छन । मुख्य भूमिका निर्वाह गर्नुका साथै गोविन्दाले यस चलचित्रको निर्माण पनि गर्दैछन्।
द टाइम्स अफ इन्डियाका अनुसार सो क्रममा गोविन्दाले आफ्नो करियरका उतार चढाव बारे पनि कुराकानी गरेका छन । उनले भने, ‘सायद मलाई कहिलेकाहीँ बेवास्ता गरिनु नै मेरो भाग्यमा थियो। मानिसहरू भन्थे कि अब मलाई चलचित्रहरूमा देख्न पाइने छैन। म नयाँ सुरुवात गर्दैछु। र म भगवानसँग प्रार्थना गर्छु कि यो चलचित्रले जादु गरोस्, जसले मैले कल्पना गरेको कुरा मात्र होइन, मानिसहरूले सोच्न पनि नसक्ने कुरा हासिल गरोस्। यो चलचित्र विशेष गरी युवाहरूका लागि हो। यसलाई हलमा हेर्न पाउनु उनीहरूका लागि एउटा सपना साकार भएजस्तै हुनेछ। र, यो सम्भव छ। म यहाँ आध्यात्मिकताको कुरा गर्ने छैन्।’
उनले आफ्नो जीवनमा अंक १४ सधैं किन विशेष रहँदै आएको छ भन्नेबारे थप बताए। उनले भने, ‘१४ मेरो भाग्यशाली अंक हो। म अंकज्योतिषमा विश्वास गर्छु। मेरो नाम पनि अंक ज्योतिषकै आधारमा राखिएको थियो। मैले एकदमै सानो उमेर १४ वर्षको हुँदा यसमा विश्वास गर्न थालेँ। ममाथि ईश्वरको कृपा थियो, मैले एकै हप्तामा १४ वटा चलचित्रमा हस्ताक्षर गरेँ। त्यसपछि, मैले १४ वर्षसम्म ‘सुपर स्टारडम’को पनि अनुभव गरेँ पछि म १४औँ लोकसभाको सांसदसमेत बन्न सफल भए, मैले १४ वर्षसम्म सङ्घर्ष गरे।’
गोविन्दा हालै रियालिटी शो ‘लक अप सिजन २’ मा देखा परे, जसमा उनकी श्रीमती सुनिता आहुजा पनि एक प्रतिस्पर्धी थिइन्। कार्यक्रमकी सञ्चालक फराह खान र सुनितासँगको कुराकानीका क्रममा गोविन्दाले ठट्टा गर्दै आफ्नी श्रीमतीसँगको तिक्ततापूर्ण सम्बन्धबारे संकेत गरेका थिए र घुँडामा झुक्किएर गोली लागेको भनिएको त्यो चर्चित घटनालाई पनि सम्झिए।
कार्यक्रमको बारेमा बोल्दै गोविन्दले भने, ‘यो ‘लक अप’ हो, जुन देखिने छ, त्यहाँ धेरै अन्य लकअपहरू छन् जुन देखिँदैनन् र म त्यहीँबाट आएको हुँ।’
उनकी नेपाली मुलकी श्रीमती सुनिता आहुजासँग पछिल्लो सबन्धका कारण चर्चामा रहेका छन् । जो उनी गत बर्षभरी मिडियामा छाइरहे । खासमा अहुजाले श्रीमान गोबिन्दा अन्य महिलासँग लागेको भन्ने जिकिर गरे पछि यो जोडी टाइमलाइनमा देखियो ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


