साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
काठमाडौं । वाणिज्य बैंकहरूले २०८३ साल साउन महिनाका लागि नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक दरअनुसार असारपछि साउनमा पनि ब्याजदर घट्ने क्रम जारी रहेको छ।
२० वटा वाणिज्य बैंकमध्ये केहीले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् भने अधिकांश बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। सबैभन्दा धेरै ब्याजदर कटौती राष्ट्रिय वाणिज्य बैंकले गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ०.७५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत, एनएमबि बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत तथा सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगततर्फ ०.१५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशतले ब्याजदर घटाएका छन्।
कृषि विकास बैंकले संस्थागत मुद्दती निक्षेपमा ०.०३ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ भने कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा क्रमशः ०.०६ प्रतिशत र ०.१० प्रतिशत बिन्दुले ब्याजदर कम गरेका छन्।
यद्यपि, नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, माछापुच्छ्रे, नेपाल एसबिआई, एभरेष्ट, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया र प्राइम कमर्सियलसहित १२ वटा बैंकले व्यक्तिगत तथा संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
घट्दो ब्याजदरको प्रवृत्तिबीच नेपाल बैंक लिमिटेडले भने संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ। चार वर्ष वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दती निक्षेपमा उक्त दर लागू हुनेछ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर भने ४.२५ प्रतिशतमै स्थिर राखेको छ।
साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर नबिल बैंक र प्रभु बैंकले उपलब्ध गराउने भएका छन्। यता, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ३.८५ प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेका छन्।
संस्थागत मुद्दती निक्षेपतर्फ नेपाल बैंकले सबैभन्दा बढी ४ प्रतिशत ब्याजदर तोकेको छ। प्रभु, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने अधिकतम २.७५ प्रतिशत मात्रै ब्याजदर निर्धारण गरेका छन्।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

