दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपाली कामदारको कोरियन भाषा परीक्षा (ईपीएस) का लागि आवेदन खुला गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले नेपाल–कोरिया सरकारबीच भएको समझदारीअनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो।
दक्षिण कोरियाले यसपटक ७ हजार २०० जनाको कोटा उपलब्ध गराएको छ। जसअन्तर्गत उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जना कामदार माग गरिएको छ। ईपीएस कोरिया शाखाका अनुसार आवेदन २०२६ जुलाई २७ देखि अगस्ट २ सम्म अनलाइनमार्फत दिन सकिनेछ।
आवेदन दिनका लागि आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गैरकानुनी रूपमा बसेर फिर्ता नभएको, नेपाल सरकारले विदेश जान रोक नलगाएको र कोरियामा ई–९ वा ई–१० भिसामा ५ वर्ष वा सोभन्दा बढी समय नबसेको हुनुपर्नेछ।
पहिलो चरणको भाषा परीक्षाको नतिजापछि अर्को चरणको परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ। परीक्षाका लागि आवेदकले २८ अमेरिकी डलर शुल्क बुझाउनुपर्नेछ। अन्तिम परीक्षामा उत्तीर्ण उम्मेदवारको नतिजा प्रकाशन भएको मितिले २ वर्षसम्म वैधता रहनेछ। तर कोरियन भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरियामा रोजगारी सुनिश्चित नहुने ईपीएस शाखाले स्पष्ट पारेको छ।
सम्बन्धित समाचार
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

