Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, श्रावण, ६
सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन ठूलो मात्रामा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले बढेर २ लाख ९१ हजार रुपैयाँ पुगेको छ।

मंगलबार छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला चार हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स